२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

प्रचण्डद्वारा माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलनको उद्घाटन



काठमाडौं । माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलन शनिबार एकसाथ हुँदैछ । सम्मेलनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल सम्बोधन गरेका छन् ।

सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताए । उनले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाए । उनले ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट किन हटाउनु पर्‍यो भन्ने सम्बन्धमा कार्यकर्तालाई स्पष्ट पारेका थिए । मार्क्द र कम्युनिस्ट विचारमा जताततै पराजित भएपछि ओलीले नेकपा विघटन गर्न लगाएको बताए ।

प्रतिनिधिसभालाई दुई दुईपटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको प्रचण्डले दाबी गरे । उनले ओली देशी विदेशी षड्यन्त्रमा फसेको र प्रतिगमनमा लागेको बताए ।

प्रतिनिधिसभा विघटन माओवादी आन्दोलनमाथिको हमला भएको पनि प्रचण्डले दाबी गरे । माओवादी आन्दोलनलाई घेराबन्दीमा पार्न ओली प्रवृत्ति अघि बढेकोमा त्यसलाई पराजित गरी आफूहरू विजयी भएको प्रचण्डले बताए ।

पहिलोचोटिको प्रतिनिधिसभा विघटनविरुद्ध सडकबाट प्रतिवाद गरेको र दोस्रो पटकको प्रतिनिधिसभा विघटनविरुद्ध गठबन्धन बनाएर संसदबाटै प्रतिवाद गरी सर्वोच्च अदालतमा जानु परेको उनले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  २ : २४ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्