२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रधानन्यायाधीसलाई बिदामा बसेर कार्यबहाक तोक्न सत्ता गठबन्धनको सुझाव



काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जबरालाई आफु विदा बस्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीस जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीस तोक्न सुझाव दिएका हुन् ।

प्रधानन्यायाधीस जबरा कोरोना संक्रमणको बिरामी भएर अस्पतालमा भर्ना भएका छन् । तरपनि उनले कार्यबहाक प्रधानन्यायाधीस तोकेका छैनन् । जसका कारण हिजोदेखि सर्वोच्चकै इतिहासमा गोलाप्रथाद्वारा पेशी तोक्न सुरु भएपनि कार्यबहाक प्रधानन्यायाधीस नभएको देखाउँदै कानूनव्यवसायीहरु प्रश्न उठाएपछि इजलास प्रभावित भएको थियो ।

गठबन्धनका शीर्ष नेताहरुले लामो समयदेखि अदालतमा अवरोध भएको र प्रधानन्यायाधीस स्वयं बिरामी परेका कारण तत्कालै कार्यबहाक तोक्न सुझाव दिएका हुन् । बैठकले कार्यबहाक प्रधानन्यायाधीस तोकेर सर्वोच्चका कामकारवाही अघि बढाउन सुझाव दिने निर्णय गरेको बैठकपछि कानूनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

लामो समयपछि बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल सहभागी थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ०४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले