८ बैशाख २०८३, मंगलबार | April 21, 2026

आगामी निर्वाचन पछि एमालेलाई लाईट बालेर खोज्नु पर्ने हुन्छ : माधव नेपाल



अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचन पछि नेकपा (एमाले)लाई लाइट बालेर खोज्नुपर्ने अवस्था आउने दाबी गरेका छन् । शनिबार अर्घाखाँचीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानविपरीत दुई–दुई पटक संसद् विघटन गरेका कारण नेपाली जनताको समर्थन एमालेलाई नरहेको बताए । बहुमत जनता ओलीको पार्टीको विपक्षमा रहेको नेपालको दाबी छ ।

अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म गठबन्धन जारी रहने बताउँदै संविधानको रक्षा गर्दै संसद् जोगाउने शक्तिहरु निर्वाचनसम्म एकै ठाउँमा रहने जिकिर गरे ।

उनले राष्ट्रियसभा निर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेर कलम चिन्हको विजयी यात्रा सुरु भइसकेको बताए ।

उनले वर्तमान सरकारका सम्बन्धमा आफ्नो धारणा राख्दै सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको स्पष्ट पारे । भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : १४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति