५ पुस २०८२, शनिबार | December 20, 2025

मंसिर २८ गते बोलाइएको संसद अधिवेशन महाअभियोग र एमसीसीका लागि होइन : प्रचण्ड



चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले मंसिर २८ गते बोलाईएको संसद अधिवेशन महाअभियोग र एमसीसीका सम्बन्धमा नबोलाईएको बताएका छन् । शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै प्रचण्डले कसैले महाअभियोग र एमसीसी पारित गर्न संसद बैठक बोलाईएको अनुमान गरेपनि आगामी अधिवेशन हिँउदे अधिवेशनमात्र भएको बताए ।

अध्यक्ष प्रचण्डले मङ्सिर २८ गते बोलाइएको संघीय संसद्को हिउँदे अधिवेशनमा राष्ट्रिय सहमति र दलहरूबिचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढ्ने अवस्था नरहेको स्पष्ट पारे । उनले राजनीतिक दलहरूको सहमति र समझदारी नभई एमसीसीबारे पनि संसद्ले निर्णय लिने अवस्था नरहेको बताए ।

उनले एमसीसी र महाअभियोग जबर्जस्ती नभई राष्ट्रिय सहमति र राजनीतिक दलहरूको समझदारीबाटै अगाडि बढ्ने बताए ।

अध्यक्ष प्रचण्डले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यस विरुद्ध कलम चलाउन पनि पत्रकारहरूलाई आग्रह गरे । प्रतिगमनकारी र प्रतिक्रान्तिकारी शक्तिहरूले सत्तारुढ गठबन्धनलाई कमजोर पार्ने षडयन्त्र गरिरहेको प्रचण्डले बताए ।

आफूहरूले प्रतिक्रान्तिलाई रोक्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउन चाहेको दोहोर्‍याउँदै त्यसमा पत्रकारहरुको सक्रिय साथ आवश्यक पर्ने बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : ४९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ