२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

युथ एथ्लिट च्याम्पियनशिप यू–२० : प्रकाश र राममाया पहिलो



काठमाडौं । जुम्लाका प्रकाश कठायत र राममाया बुढाले युथ एथ्लिट च्याम्पियनशिपको यू–(२०) ३ हजार मिटर दौडमा पहिलो भएका छन् । पुरुषतर्फ प्रकाशले निर्धारित दूरी ९ मिनेट २२.५ सेकेन्डमा पुरा गदै पहिलो भए । कपिलबस्तुका अजय पाण्डे दोश्रो र ललितपुरका महेश सिजाली तेश्रो भए । यू–२० ३ हजार मिटर महिला दौडमा जुम्लाकी राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्ट पुरा गदै स्वर्ण जितिन् । जुम्लाकै वमजना बुढाले रजत र सुर्खेतकी विमला कार्की कास्य जितिन् ।

एथलेटिक्स परिवार नेपाले आयोजना गरेको प्रतियोगिताको यू–१६ पुरुष लगजम्पमा ६ मिटर ६८ सेन्टिमिटर फलहान्दै कपिलबस्तुका सुजित थारुले स्वर्ण जिते । कपिलबस्तुकै रामजी विश्वकर्माले रजत र चितवनका सुदिप महत्तोले कास्य जितेका छन् । महिलातर्फ ४ मिटर २६ सेन्टिमिटर फलहान्दै दाङकी करुणा रिजाल पहिलो,दाङकै शुसिला चौधरी दोश्रो र नुवाकोटकी धनु राई तेश्रो भईन् ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको यू–२० पुरुष लगजम्पमा ६ मिटर ३३ सेन्टिमिटर फलहान्दै बर्दियाका रामलखन थारु पहिलो,नवलपरासीका सलिन देवाङ दोश्रो र बर्दियाका रोशन थारु तेश्रो भएका छन् । महिलातर्फ ५ मिटर ७७ सेन्टिमिटर फलहान्दै बंगलादेशकी सोनिया अफ्तार पहिलो,दाङकी शिमा चौधरी दोश्रो र बर्दियाकी रविना थारु तेश्रो भएकी छन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ५३ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट