१ पुस २०८२, मंगलबार | December 16, 2025

युथ एथ्लिट च्याम्पियनशिप यू–२० : प्रकाश र राममाया पहिलो



काठमाडौं । जुम्लाका प्रकाश कठायत र राममाया बुढाले युथ एथ्लिट च्याम्पियनशिपको यू–(२०) ३ हजार मिटर दौडमा पहिलो भएका छन् । पुरुषतर्फ प्रकाशले निर्धारित दूरी ९ मिनेट २२.५ सेकेन्डमा पुरा गदै पहिलो भए । कपिलबस्तुका अजय पाण्डे दोश्रो र ललितपुरका महेश सिजाली तेश्रो भए । यू–२० ३ हजार मिटर महिला दौडमा जुम्लाकी राममायाले निर्धारित दूरी १० मिनेट ४४.५ सेकेन्ट पुरा गदै स्वर्ण जितिन् । जुम्लाकै वमजना बुढाले रजत र सुर्खेतकी विमला कार्की कास्य जितिन् ।

एथलेटिक्स परिवार नेपाले आयोजना गरेको प्रतियोगिताको यू–१६ पुरुष लगजम्पमा ६ मिटर ६८ सेन्टिमिटर फलहान्दै कपिलबस्तुका सुजित थारुले स्वर्ण जिते । कपिलबस्तुकै रामजी विश्वकर्माले रजत र चितवनका सुदिप महत्तोले कास्य जितेका छन् । महिलातर्फ ४ मिटर २६ सेन्टिमिटर फलहान्दै दाङकी करुणा रिजाल पहिलो,दाङकै शुसिला चौधरी दोश्रो र नुवाकोटकी धनु राई तेश्रो भईन् ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा भएको यू–२० पुरुष लगजम्पमा ६ मिटर ३३ सेन्टिमिटर फलहान्दै बर्दियाका रामलखन थारु पहिलो,नवलपरासीका सलिन देवाङ दोश्रो र बर्दियाका रोशन थारु तेश्रो भएका छन् । महिलातर्फ ५ मिटर ७७ सेन्टिमिटर फलहान्दै बंगलादेशकी सोनिया अफ्तार पहिलो,दाङकी शिमा चौधरी दोश्रो र बर्दियाकी रविना थारु तेश्रो भएकी छन् ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । प्रतियोगिता मंगलबार सम्पन्न हुने छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : ५३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज