९ बैशाख २०८३, बुधबार | April 22, 2026

कसैले एक्लै हिँड्ने अहंकार नखोजे हुन्छ, जस्ले एक्लै हिँड्ने अहँकार गर्यो, उस्को ओरोलो यात्रा सुरु हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आफ्नो नेपाली काँग्रेससँग शान्ति सम्झौताको मात्र सम्बन्धमा कायम नरहेको बताएका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले शान्ति सम्झौता पछि पनि सहकार्य र सहमतिको यात्रा तय गर्न आवश्यकता रहेको बताए । उनले शान्ति सम्झौता पछि भएको आन्दोलनले प्राप्त लोकतन्त्रको उपलब्धी रक्षा गर्न सबैले सहकार्य गर्न आवश्यक रहेको बताए

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली तर्फ संकेत गर्दै नेपाली राजनीतिमा एक्लै हिँड्ने प्रबृत्ति देखिएको उल्लेख गरे । उनले आन्तरिक प्रतिस्पर्धा भएपनि साझा लक्ष्यका साथ प्राप्त उपलब्धी रक्षाका लागि साथ साथमा हिँडन आवश्यक रहेको बताउँदै एक्लै हिँड्ने अहँकारले ओरालो लाग्ने ठोकुवा गरे । ‘राजनीतिक प्रतिस्पर्धा गरेपनि त्यसभित्र एकता खोजि गरिरहनु पर्छ, कसैले एक्लै हिँड्ने अहंकार नखोजे हुन्छ ।’ उनले भने , ‘जस्ले एक्लै हिँड्ने अहँकार गर्यो, उस्को ओरोलो यात्रा सुरु हुन्छ ।’

सत्तामा पुगेपछि दलहरुमा सत्ता लिप्सा र मनोगत र अहंकार आउनुको कारण दाजिन जरुरी रहेको बताउँँदै प्रचण्डले त्यस प्रबृत्तिको संस्लेषण गरेर त्यसको कारण खोज्न जरुरी रहेको बताए । देहमा असहज अवस्था आउने होकी भन्ने खतराहरु देखिएको उनले बताए ।

प्रचण्डले सहकार्यको संस्कार अनुसार एकले अर्कालाई प्रधानमन्त्री बनाएका कारण नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भएको बताए । नेपालमा पूर्व प्रधानमन्त्रीको संख्या धेरै भए पनि यी सबैले एकले अर्कालाई प्रधानमन्त्री बनाएको बताएका छन् ।

 

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : ४० बजे

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज