२३ असार २०८३, मंगलबार | July 7, 2026

परम्परागत ठेक्का प्रथाबाट विकास संभव छैन, सामुदायिक विकासको मोडालिटीमा जाऔं : अर्थमन्त्री शर्मा



सुर्खेत । अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिके विकासको मोडालिटीअपनाउनुपर्नेमा जानुपर्नेमा जोड दिएका छन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले परम्परागत ठेक्का प्रथाबाट देश विकास संभव नरहेकोले नयाँ मोडालिटीमा जानुपर्ने आवश्यकता औंल्याएका हुन् । ‘अहिलेको ठेक्का प्रथाबाट देशको विकास संभव छैन, समुदाय मार्फत विकास गर्ने मोडालिटीमा जानुपर्छ’ उनले भने ‘सरकारले समुदायलाई पैंसा दिने, सरकारले अनुगमन र अडिट गर्ने मोडालिटीमा गयो भने तीव्र गतिमा विकास हुन्छ । यसबारे बहस सुरु गरेको छु ।’

उनले निश्चित मोडालिटी र मापदण्ड बनाएर हरेक वडा र पालिकाका समुदायलाई पैंसा दिने र उनीहरुको सहभागितामा विकास गर्ने मोडालिटीबाट विकासको रफ्तारले तीव्रता पाउने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले कर्णाली प्रदेशबाट समाजवादको आधार तयार गर्नेगरी काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । कर्णाली प्रदेशका ८५ हजार पार्टी सदस्यहरु सवै उत्पादनको कार्यमा जोडिने र कोही पनि व्यत्ति mअभावमा बाँच्नु नपर्ने गरी आत्मनिर्भरताको योजना बनाउन अगुवा कार्यकर्ताहरुलाई आग्रह गरे । ‘पार्टीका कार्यकर्ता र सदस्यहरु खान लाउन नपाई रुँदै हिडेर समाजवाद आउँदैन, हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर हुनुपर्छ । आत्मनिर्भर कार्यकर्ता भयो भने मात्र समाजवादी क्रान्तिमा योगदान गर्नसक्छ ।’ उनले भने ।

यस्तै पार्टीका हरेक कमिटीहरुले उत्पादन इकाई बनाएर आर्थिक उपार्जनको कार्यमा लाग्नुपर्नेमा मन्त्री शर्माले जोड दिए । आफूले २०६३ सालमै उत्पादन अभियान चलाउन आव्हानगर्दा त्यतिखेर कतिपयले खिसिट्यूरी गर्ने गरेको स्मरण गर्दै मन्त्री शर्माले भने ‘आजआएर पार्टीले सोहीलाईन लिएकोमा खुशीलागेको छ, अब यो लाईन राष्ट्रिय सम्मेलनबाट पारित हुन्छ ।’

माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका नेता शर्माले पार्टीले प्रचण्डपथको विचार त्याग्ने तथा शान्ति र विद्रोहको दोधारे नीतिलिने गल्ती गरेको कारण समस्या देखिएको टिप्पणी गरे । शर्माले आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनबाट पार्टीले नयाँविचार संश्लेषण सहित संगठनात्मक छलाङ्ग मार्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : १३ बजे

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब