२४ बैशाख २०८१, सोमबार | May 6, 2024

काठमाडौंमा भूमिहीन भूकम्पपीडित एक जना



काठमाडौं । गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश भएको पाइएको छ ।

सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ । सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि २ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूमिहीन लाभग्राहीमा काठमाडौंबाट एक जनाको मात्र नाम समावेश छ । कार्यकारी समितिको विभिन्न बैठकबाट कायम भएका भूमिहीन लाभग्राहीमा उपत्यकाअन्तर्गत ललितपुरबाट भने घडेरी खरिदका लागि २ लाख पाउने लाभग्राही ३४ र जिल्ला समन्वय समितिबाट निर्णय भएका आफू बसोबास नै गरेको स्थानमा बसोबास गर्न पाउने भूमिहीन लाभग्राहीको संख्या १ सय ९६ गरेर २ सय ३० रहेको छ ।

बाग्लुङ र पर्वत जिल्लाको लाभग्राही संख्या शून्य रहेको छ । म्याग्दीको १, पाल्पाको २, खोटाङ ३, भोजपुर ५, गुल्मी ७, स्यांग्जा ७ दोलखा जिल्लाको लाभग्राही संख्या १२ रहेको छ ।

भूमिहीनले घडेरी किन्न २ लाख रुपैयाँ पाउने सबैभन्दा धेरै लाभग्राही संख्या भने नुवाकोटमा २ सय ६६, गोरखामा २ सय ३५, मकवानपुरमा १ सय ७८, सिन्धुपाल्चोकमा १ सय ७७, काभ्रेपलान्चोकमा १ सय ३९ लाभग्राही रहेका छन् । नुवाकोटमा आफू बसोबास गरेको स्थानमा नै बसोबास गर्न पाउने लाभग्राही शून्य रहेका छन् । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ४५ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa