१५ बैशाख २०८१, शनिबार | April 27, 2024

६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै



काठमाडौं । शक्तिशाली भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय ध्वस्त बनाएपछि नेकपा एमालेको मुख्यालय तेस्रो पटक सर्ने भएको छ ।

हाल थापाथलीबाट सञ्चालित हुँदै आएको केन्द्रीय कार्यालय अब च्यासल, ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । १२ वैशाख २०७२ को शक्तिशाली भूकम्पपछि बल्खुबाट धुम्बाराही, धुम्बाराहीबाट केही महिनाअघि मात्र थापाथली सरेको एमाले मुख्यालय अब च्यासल कम्तिमा पाँच वर्षसम्म रहनेछ ।

तीन महिनाभित्र कार्यालयका सम्पूर्ण शाखा सारिसक्ने योजनाअनुसार प्रतिष्ठानसँग सम्झौतासमेत गरिसकेको जनाए पनि एमालेले शुक्रबार भने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई थापाथलीमा नै पदभार ग्रहण गराएको छ ।

१०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले थापाथलीको कार्यालय च्यासलमा सार्ने निर्णय लिँदै तीन महिनाको समयसीमा तोकेको हो ।

‘तुल्सीलाल स्मृति भवन च्यासलबाट केन्द्रीय कार्यालय सञ्चालन गर्ने गरी पाँच वर्षका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता गरिएको छ, आवश्यकताअनुसार त्यस भवनको मर्मत/सम्हार तथा पुर्नव्यवस्था गरी तीन महिना भित्र सबै कार्यालय सारिसक्ने’ एमालेको निर्णयमा भनिएको छ ।

निणर्यानुसार केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी प्रतिष्ठानको जग्गामा नयाँ हल निर्माणमा पार्टीले लगानीसमेत गर्ने भएको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ३ : १५ बजे

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल