१७ बैशाख २०८१, सोमबार | April 29, 2024

विवादबीच माओवादी प्रदेश २ को अधिवेशन सम्पन्न



जनकपुरधाम । एकीकृत नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन विवादबीच सम्पन्न भएको छ । प्रदेशका सबै स्थानीय तहका अधिवेशन सम्पन्न भए पनि प्रदेश अधिवेशन आइतबार सर्वसहमतिमै प्रदेश कमिटी सदस्य चयन गर्ने गरी सम्पन्न गरिएको छ ।

सर्लाहीको लालबन्दीमा भएको अधिवेशनको बन्द सत्रले प्रदेश कमिटीका २७१ जना सदस्य सर्वसहमतिमै चयन गर्ने गरी सम्पन्न भएको माओवादीका नेता झल्कु यादवले बताए । पुस २५ गतेसम्म सबै जिल्लाले आफ्ना–आफ्ना जिल्लाबाट सर्वसहमति प्रदेश कमिटीका लागि सदस्य चयन गरी प्रदेश निर्वाचन कमिटीलाई पठाउने गरी अधिवेशन सम्पन्न गरिएको उनले बताए । प्रदेश कमिटीमा पार्टीमा संघीय सासद, प्रदेश सासद, पालिकाहरूका प्रमुख, उपप्रमुख, जिल्लाका अध्यक्ष सबै कलस्टरबाट सदस्य रहने निर्णय भएको छ ।

त्यसैगरि, प्रदेश कमिटीमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत,दलितको १५ प्रतिशत, मुस्लिम ५ प्रतिशतलगायतका कलस्टरबाट प्रतिनिधित्व गराइने बन्दसत्रबाट सर्वसहमत निर्णय भएको उनले बताए । निर्वाचन कमिटीले जिल्लारजिल्लाबाट आएका सिफारिसका आधारमा प्रदेश कमिटी तयार गरिने र त्यसको घोषणा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरधाममा गर्ने निर्णय भएको उनले बताए ।

प्रदेश कमिटीको पदाधिकारीको विषयमा सर्वसहमत नभएको अवस्थामा प्रदेश कमिटीका लागि सबै जिल्लाबाट चुनिएका २७१ जना भित्रै निर्वाचन भई पदाधिकारीहरूको पदाधिकारी चयन गरिने निर्णय भएको छ । प्रदेश अधिवेशनको बन्द सत्र सम्पन्न भए पनि अहिले पनि सप्तरी, सिरा, धनुषा, सर्लाहीसहित जिल्लाका सबै पालिकाका अधिवेशन सम्पन्न हुन सकेको छैन ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ०३ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको