१४ बैशाख २०८३, सोमबार | April 28, 2026

विवादबीच माओवादी प्रदेश २ को अधिवेशन सम्पन्न



जनकपुरधाम । एकीकृत नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशन विवादबीच सम्पन्न भएको छ । प्रदेशका सबै स्थानीय तहका अधिवेशन सम्पन्न भए पनि प्रदेश अधिवेशन आइतबार सर्वसहमतिमै प्रदेश कमिटी सदस्य चयन गर्ने गरी सम्पन्न गरिएको छ ।

सर्लाहीको लालबन्दीमा भएको अधिवेशनको बन्द सत्रले प्रदेश कमिटीका २७१ जना सदस्य सर्वसहमतिमै चयन गर्ने गरी सम्पन्न भएको माओवादीका नेता झल्कु यादवले बताए । पुस २५ गतेसम्म सबै जिल्लाले आफ्ना–आफ्ना जिल्लाबाट सर्वसहमति प्रदेश कमिटीका लागि सदस्य चयन गरी प्रदेश निर्वाचन कमिटीलाई पठाउने गरी अधिवेशन सम्पन्न गरिएको उनले बताए । प्रदेश कमिटीमा पार्टीमा संघीय सासद, प्रदेश सासद, पालिकाहरूका प्रमुख, उपप्रमुख, जिल्लाका अध्यक्ष सबै कलस्टरबाट सदस्य रहने निर्णय भएको छ ।

त्यसैगरि, प्रदेश कमिटीमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत,दलितको १५ प्रतिशत, मुस्लिम ५ प्रतिशतलगायतका कलस्टरबाट प्रतिनिधित्व गराइने बन्दसत्रबाट सर्वसहमत निर्णय भएको उनले बताए । निर्वाचन कमिटीले जिल्लारजिल्लाबाट आएका सिफारिसका आधारमा प्रदेश कमिटी तयार गरिने र त्यसको घोषणा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरधाममा गर्ने निर्णय भएको उनले बताए ।

प्रदेश कमिटीको पदाधिकारीको विषयमा सर्वसहमत नभएको अवस्थामा प्रदेश कमिटीका लागि सबै जिल्लाबाट चुनिएका २७१ जना भित्रै निर्वाचन भई पदाधिकारीहरूको पदाधिकारी चयन गरिने निर्णय भएको छ । प्रदेश अधिवेशनको बन्द सत्र सम्पन्न भए पनि अहिले पनि सप्तरी, सिरा, धनुषा, सर्लाहीसहित जिल्लाका सबै पालिकाका अधिवेशन सम्पन्न हुन सकेको छैन ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ०३ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११