२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

प्रचण्डको प्रस्तावमाथि २५ समूह बनाएर दुई दिन छलफल गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ ।

यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदनकाबारेमा छलफल गर्नका लागि २५ वटा समुह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो ।

‘राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदन माथि छलफलका लागि २५ वटा समूह निमार्ण गर्नेछौं,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भने, ‘त्यसका लागि प्रज्ञा भवनका सबै हलहरू बुक गरिसकेका छौं, अपुग हुने ७-८ समुहलाई भने पेरिसडाँडामा स्थान तोक्दैछौं ।’

उनका अनुसार प्रज्ञा भवनका चौरमा पनि समूहगत छलफल हुने गरी व्यवस्थापन गर्न लागिएको छ ।

माओवादीको राष्ट्रिय सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, जेष्ठ कम्युनिष्ठ १२५, आयोग ७५, केन्द्रिय बिभाग १०२, केन्द्रिय प्रतिनिधि २७, मनोनित हुने ७३ जनासहित एक हजार ५३३ जना प्रतिनिधिले सहभागिता जनाउँदैछन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : २७ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।