२३ असार २०८३, मंगलबार | July 7, 2026

प्रचण्डको प्रस्तावमाथि २५ समूह बनाएर दुई दिन छलफल गर्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ ।

यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदनकाबारेमा छलफल गर्नका लागि २५ वटा समुह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो ।

‘राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान प्रतिवेदन माथि छलफलका लागि २५ वटा समूह निमार्ण गर्नेछौं,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भने, ‘त्यसका लागि प्रज्ञा भवनका सबै हलहरू बुक गरिसकेका छौं, अपुग हुने ७-८ समुहलाई भने पेरिसडाँडामा स्थान तोक्दैछौं ।’

उनका अनुसार प्रज्ञा भवनका चौरमा पनि समूहगत छलफल हुने गरी व्यवस्थापन गर्न लागिएको छ ।

माओवादीको राष्ट्रिय सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, जेष्ठ कम्युनिष्ठ १२५, आयोग ७५, केन्द्रिय बिभाग १०२, केन्द्रिय प्रतिनिधि २७, मनोनित हुने ७३ जनासहित एक हजार ५३३ जना प्रतिनिधिले सहभागिता जनाउँदैछन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : २७ बजे

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज