१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

काठमाडौंको गोंगबु बसपार्कमा सामूहिक बलात्कार, ८ जना पक्राउ



काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा घटनामा संलग्न ९ मध्ये ८ जनालाई पक्राउ गरिएको छ । मंगलबार दिउँसो महिला आफैं प्रहरी सम्पर्कमा आएकी थिइन् ।

महिला बोल्न नसक्ने अवस्थामा प्रहरीकोमा पुगेकी ती महिलालाई तुरुन्तै अस्पताल लगिएको थियो । उपचारपछि महिलाले घटनाक्रम बताएकी हुन् । बसपार्क आसपासका सीसीटीभी फुटेज हेरेर प्रहरीले अनुसन्धान बढाएको छ ।

सोमबार एकजनाले महिलालाई होटलमा लगेर गएको र पछि अर्का एकजनालाई फोन गरेर बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मंगलबार ती महिलालाई अर्को होटलमा लगेर ९ जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, अर्घाखाँची घर भएका गोपालकुमार श्रीस र अर्का एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरू सबैले आफू घटनामा संलग्न रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।

अन्दाजी ३४ वर्षिया पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनी दुई सन्तानकी आमा समेत रहेको बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ०६ बजे

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख