१३ श्रावण २०८३, बुधबार | July 29, 2026

काठमाडौंको गोंगबु बसपार्कमा सामूहिक बलात्कार, ८ जना पक्राउ



काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न आरोपमा हालसम्म आठजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार पीडित महिलाको जाहेरीका आधारमा घटनामा संलग्न ९ मध्ये ८ जनालाई पक्राउ गरिएको छ । मंगलबार दिउँसो महिला आफैं प्रहरी सम्पर्कमा आएकी थिइन् ।

महिला बोल्न नसक्ने अवस्थामा प्रहरीकोमा पुगेकी ती महिलालाई तुरुन्तै अस्पताल लगिएको थियो । उपचारपछि महिलाले घटनाक्रम बताएकी हुन् । बसपार्क आसपासका सीसीटीभी फुटेज हेरेर प्रहरीले अनुसन्धान बढाएको छ ।

सोमबार एकजनाले महिलालाई होटलमा लगेर गएको र पछि अर्का एकजनालाई फोन गरेर बोलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मंगलबार ती महिलालाई अर्को होटलमा लगेर ९ जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, अर्घाखाँची घर भएका गोपालकुमार श्रीस र अर्का एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरू सबैले आफू घटनामा संलग्न रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।

अन्दाजी ३४ वर्षिया पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनी दुई सन्तानकी आमा समेत रहेको बताइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ०६ बजे

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न