१५ माघ २०८२, बिहिबार | January 30, 2026

रक्तदान र जेष्ठ नागरिकलाई सामुहिक भोजन खुवाएर मनायो पैचो पसलले वार्षिकोत्सव



बुटवल । स्वदेशी कृषि उत्पादनलाई कच्चा पदार्थ बनाउँदै बिभिन्न खाद्य उत्पादन गर्दै आएको पैचो पसल प्रालीले बिबिध कार्यक्रम गर्दै आफ्नो सातौं साधारणसभा मनाएको छ । बुटवलमा रक्तदान गरिनुका साथै जेष्ठनागरिकसँग सामुहिक भोजन गराउँदै पैचो पसलले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

विगतका वर्षहरुमा किसानकै घर आँगनमा बिशेष समारोह गर्दै वार्षिकउत्सव गर्ने गरेको पैचोले विगत २ वर्ष देखि चलेको कोरोना माहामारीका कारण विशेष समारोह सहित वार्षिकउत्सवको आयोजना नगरिएको जनाएको छ । कोरोना महामारीका कारण अघिल्लो र यस वर्ष विशेष कार्यक्रम राखेर वार्षिकोत्सव गर्न नसकिएको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

पैचोको बुटवल शाखामा आज गरिएको रक्तदान कार्यक्रममा पैचो र होटल पौवामा आवद्ध कर्मचारीहरु सहित ३३ जनाले रक्तदान गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । रक्तदान कार्यक्रममा पैचाेका प्रबन्ध निर्देशक ध्रुव न्याैपाने, संचालक राजन पाैडेल, पदम बन्जाडे लगायतले रक्तदान गरेका थिए ।

वार्षिकउत्सवका अवसरमा संस्थाको कर्पोरेट कार्यालयले रक्तदानको आयोजना गर्नुका साथै पैचोको होराईजन शाखाले पारि बुटवल स्थित बृद्धाश्रममा जेष्ठ नागरिकहरुलाई भोजन गराएको पैचो पसल होरोइजन शाखाकी शाखा प्रवन्धक सम्झना श्रेष्ठले बताइन् ।

पैचोले ग्रामीण किसानहरुले उत्पादन गरेको कृषि उत्पादन र उपजहरुको बजारिकरण गर्नुका साथै त्यस्ता कृषि उत्पादनहरुलाई प्रशोधन गर्दै बिभिन्न खाद्य उत्पादन समेत गर्दै आएको छ ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ५ : ४१ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला