७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय संयोजकले दिए राजीनामा



नेपालगञ्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको महाधिवेन सम्पन्न भएसंगै त्यस भित्रका असन्तुष्टीहरु बाहिर आउन थालेका छन् । महाधिवेशनमा बिधानले व्यवस्था गरिएपनि मुस्लिम कोटाको केन्द्रीय सदस्यहरुलाई पूर्णता नदिएको भन्दै माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय संयोजक अतहर हुसेन फारुकीले संयोजक पदबाट राजीनामा दिएका छन् ।

आठौं महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्य समितिमा मुस्लिम समुदायलाई पार्टीको विधान बमोजिम समावेश नगराइएको मोर्चाको संयोजक फारूकीले राजीनामा दिएका हुन् ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राजिनामा पठाउँदै पार्टीले मुस्लिम समुदायलाई उपेक्षा गरेको आरोप लगाएका छन् । राजीनामामा विधानले तोकेको सदस्य संख्या अनुसार केन्द्रिय समितिमा सहभागि नगराएको कारण आफु मुस्लिम मुक्ति मोर्चाको संयोजक रहि रहन नसक्ने फारुकीले उल्लेख गरेका छन् ।

पार्टीको नियमानुसार ५ प्रतिशत मुस्लिम समुदायलाई समावेश गराउनु पर्ने बाध्यता रहे पनि २ सय ३६ जनाको समितिमा पूर्व माओवादीबाट हकीकुल्लाह खान र कौसर शाह गरी जम्मा दुई जनालाई मात्र केन्द्रिय समितिमा राखिएको छ । बाँकी ३ जनाको नाम खाली राखिएको छ ।

मोर्चाका संयोजक फारुकी माओवादी केन्द्रमा बाँकेबाट मुस्लिम समुदायबाट राजनीति गरिरहेका नेता हुन् ।

पार्टीको भातृ संगठनको रुपमा रहेको मुस्लिम मुक्ति मोर्चाको केन्द्रिय संयोजकको जिम्मेवारी र खेल्नु पर्ने भूमिकामा आफुबाट स्वयम गल्ती भएको भन्दै संयोजक पदबाट राजीनामा दिएको फारुकिले बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई