२ पुस २०८२, बुधबार | December 17, 2025

नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै, २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि



काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी अझै निमूर्ल भईसकेको छैन । नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार २१६ जनामा, सोमबार ३२६ जनामा र मंगलबार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा १० हजार २६७ वटा नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार छ हजार ६१५ जनामा गरिएको पीसीआर परीक्षणमा ३७० जनामा र तीन हजार ५५२ जनामा एन्टिजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण देखिएको हो ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २२५ रहेको छ । पछिल्लो २४ घण्टामा जना २३९ डिस्चार्ज भएका छन् भने मृत्यु कसैको पनि नभएको छ ।

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ५ : ३७ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व