७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बेइजिङको वायुको गुणस्तरमा उल्लेख्य सुधार



बेइजिङ । विश्व स्वास्थ्य स्वास्थ्य संगठनले तोकेको मापदन्डभन्दा निकै तल रहेको बेइजिङको वायु प्रदुषणमा पछिल्लो समयमा केही सुधार आएको छ । हिउँदे ओलम्पिक सुरु हुन एक महिना मात्र बाँकी हुँदा त्यहाँको वातवारणमा नाटकीय सुधार आएको बताइन्छ ।

सन् २०१५ मा चीनमा हिउँदे ओलम्पिक आयोजना गर्ने घोषणा भएपछि बेइजिङले दर्जनौं कोइला खानी बन्द गर्नुका साथै प्रदुषण उत्पन्न गर्ने उद्योगहरुलाई अर्को स्थानमा स्थानान्तरण गरेको थियो ।

खेल कार्यक्रमलाई मध्यनजर राख्दै सरकारले दर्जनौ सोलार फार्म खडा गरेको छ । हावामा धुलोको कण पीएम २.५ को मात्र घटाउन सक्दो प्रयास गरेको बेइजिङको वातावरण व्यूरोले जनाएको छ । यो कणले फोक्सोको क्यान्सर, ह्दयघात र समय नपुगी गर्भपतन गराउँछ । सन् २०२१ को तथ्यांकअनुसार पीएम २.५ को मात्रा ३३ माइक्रोग्राम प्रति क्युविक मिटर रहेको थियो । यो सन् २०१३ को तुलनामा एक तिहाइले गिरावट आएको हो ।

तर, यो मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदन्डभन्दा अझै पनि पाँच गुणा बढी हो । ‘सन् २०१३ पछि बेइजिङको औषत पीएम २.५ रिडिङ ६३ दशमलव १ प्रतिशतले गिरावट आएको छ,’ व्यूरोले भनेको छ ।

वायुको गुणस्तरमा सुधार आए पनि धुँवाको जोखिम उत्तिकै बढेको चीनको वातावरण मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ५९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी