१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सीमाबाट दिनदिनै कोरोना संक्रमण भित्रिँदै, बेलहियामा एकैदिन १०२ जनामा पोजेटिभ



भैरहवा । भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढेको छ । रुपन्देहीको बेलहिया नाका र बाँकेको जमुनाह नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको तथ्यांकले पुष्टि गरेको छ ।

केही समय शून्यमा झरेको कोरोना संक्रमण पछिल्लो साताबाट पुनः उक्लिन लागेको छ । भारतमा पछिल्लो दिन संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखापर्न लागेको हो ।

नेपाल भारत सीमा बेलहियामा मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, बुधबार २८० जनाको परीक्षण गर्दा ३५ जनामा र बिहीबार ५३२ जनाको परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नविन पौडेलले बताए ।

यस्तै, नेपालगन्ज नाकाबाट बिहीबार २७ जनामा संक्रमण भेटिएकोमा शुक्रबार दिउँसो २ बजेसम्मा मात्रै १९ जना जना संक्रमित भित्रिएका छन् ।

लामो समय भारत बसेर आउनेहरूलाई सीमा विन्दुमै शंका लागे परीक्षण भइरहेको छ । पछिल्लो एक साताबाट संक्रमितको संख्या बढेको छ । भारतबाट आउनेमध्ये दैनिक करिब ३०० जनाको एन्टिजेन परीक्षण गर्दा २०÷२५ जनामा संक्रमण पुष्टि भएको बेलहिया हेल्थ डेस्कमा खटिएका रेडक्रसका हेल्थ डेस्कका इन्चार्ज अभिनव निरौलाले बताए ।

‘नेपाल रेडक्रस सोसाइटीले बिहान ६ बजेबाट शंकास्पद र रोजगारीबाट आएका नागरिकको एन्टिजेन परीक्षण र स्क्रीनिङ गरेपनि तीन चार दिनबाट संक्रमितको संख्या बढेका छन, संक्रमितमध्ये अधिकांश तीर्थयात्री र रोजगारीमा रहेका नेपालीहरू रहेका छन्’, उनले बताए ।

भारतका विभिन्न शहर र विदेशी मुलुकहरूमा कोरोनाको नयां भेरियन्ट ओमिक्रोन देखिएका बेला पोजिटिभ देखिनेहरू अधिकांश दिल्ली, कलकत्ता, बनारस, गया, काशी लगायतका क्षेत्रबाट आएकाहरू छन् ।

दैनिकरुपमा संक्रमित बढे पनि सीमामा खासै सर्तकता अपनाइएको छैन । सीमामा दैनिक उपाभोग्य र बजार हजारौ नागरिक ओहोरदोहोर गरिरहेका छन् । जसबाट पनि संक्रमण रोकथामका लागि प्रभावकारी देखिँदैन ।

नेपालमा पहिलोपटक २० मंसिरमा दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरू ३ मंसिरमा दक्षिण अफ्रिकाबाट आएका थिए ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : ३० बजे

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक