१३ श्रावण २०८३, बुधबार | July 29, 2026

नेपालमा पछिल्लो २४ घण्टामा ९६८ कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरीका प्रयोगशालाहरुमा १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजैमात्र कुल थपिएका संक्रमित मध्य २४ जनालाई ओमिक्रोन भेरियण्टको संक्रमण भेटिएको थियो ।

२४ घण्टाकै अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएको समेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन । हालसम्म देशभर ११ हजार ६०२ जनाले ज्यान गुमाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ३७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । १ करोड ४९ लाख २ हजार ६८७ जनाले एक मात्रा मात्र खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ४ : ५५ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ