२३ असार २०८३, मंगलबार | July 8, 2026

एमालेलाई कमजोर पार्ने षडयन्त्र सफल हुँदैन : उपाध्यक्ष पौडेल



बुटवल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले एमालेलाई एकल्याउने र कमजोर पार्ने षडयन्त्र सफल हुन नदिने बताएका छन् । उनले पार्टीलाई विभाजित गरेर कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने प्रयास असफल भएको बताए ।

एमाले रुपन्देहीको नवौं जिल्ला अधिवेशनलाई शुक्रबार भैरहवामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘एमाले अन्य पार्टी भन्दा ठूलो भएर मात्र हुँदैन, एक्लै स्पष्ट बहुमत ल्याउनुपर्छ ।’ उनले धेरै जनताले पत्याएको तथा धेरै नेता कार्यकर्ता आबद्ध भएको पार्टी एमाले भएको बताए ।

उनले भने, ‘विचार, नीतिको हिसाबले यो देशको नेता एमाले हो । एमाले सर्वाधिक शक्तिशाली पार्टी हो ।’ पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले विभिन्न प्राविधिक कारणले एमाले प्रतिपक्षमा रहे पनि जनताको साथमा एमाले रहेको बताए । पार्टीप्रति गर्व गरी अझ यसलाई शक्तिशाली र बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

‘एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको छ, सबै प्रहार र षडयन्त्रलाई परास्त गरेका छौं,’ उनले भने । रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले एमाले र एमालेको जीवनमा यतिबेला धेरै ठूलो संकट आएको बताए । उनले परिवर्तनको संवाहक शक्तिको रूपमा एमालेले आफूलाई स्थापित गरेको बताए ।

एमालेका सचिव, लुम्बिनी प्रदेशका इन्चार्ज तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले एमाले पुनः जिम्मेवारीमा आउने दाबी गरे । उनले आम जनताले पार्टीप्रति गरेको विश्वासलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

पार्टीका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आजको कम्युनिस्ट पार्टीको ठूलो चुनौती भनेकै दलाल पुँजीवादबाट बच्नु भएको बताएका छन् । उनले यसबाट बच्न सके क्रान्ति सफल हुने बताए ।

एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुरुषोत्तम घिमिरे, सचिव जगेश्वरदेवी चौधरीलगायतले बोलेका थिए । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने छ ।

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ५ : १६ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको