१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमाले जिल्ला अधिवेशन : लुम्बिनीका सात जिल्लामा सर्वसम्मत नेतृत्व



बुटवल । लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा एमालेको नेतृत्व सर्वसम्मत चयन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये १० जिल्लामा अधिवेशन भएकोमा सातवटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन टुंगिएको हो । दुई जिल्ला कपिलवस्तु र पश्चिम नवलपरासीमा भने चुनावमार्फत नेतृत्व चयन गरिएको छ भने प्यूठानमा आइतबार नेतृत्व चयन हुने छ ।

एमाले रुपन्देहीको नवौं जिल्ला अधिबेशनबाट तेजेन्द्र केसी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । यसअघि क्षेत्र नम्बर २ का क्षेत्रीय संयोजक रहेका केसी नेकपा हुँदा जिल्ला सहसंयोजक थिए । अध्यक्षमा दावी गरेका पुरुषोत्तम घिमिरेले शनिबार राति अवेर केसीकै नाममा सहमति जनाएपछि नेतृत्व सर्वसम्मत टुंगिएको हो । त्यस्तै उपाध्यक्षमा जगेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैह्रे र उपसचिवद्वयमा चित्र बहादुर कार्की र हितराज पन्थी पनि सर्वसम्मत चुनिएका छन् ।

नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न १३ औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हीरादेवी पुन चयन भएका छन् । यसअघि उपाध्यक्ष रहेका बस्नेत सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

त्यस्तै एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन भएका छन् । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन् । नवौँ जिल्ला अधिबेशनमा सहमति नजुटे पछि भएको निर्वाचनमा शर्मा २३८ मत सहित विजयी भएका हुन् ।

मतपरिणामको अन्तिम नतिजा अनुसार शर्माका निकटतम प्रतिद्वन्दी बाबुराम खनालले १८६ मत प्राप्त गरेका थिए भने अर्का उम्मेद्वार नेत्रराज अधिकारीले एकसय मत प्राप्त गरेका हुन् ।

यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु अत्याधिक मत सहित निर्वाचित भए । थारुले ३४५ मत प्राप्त गरे भने थारुका प्रतिष्पर्धी हिरालाल पौडेलले १६६ मतमा चित्त बुझाए ।

सचिवमा भने विश्व कार्की निर्वाचित भए । उनका प्रतिद्वन्दी सिवि गहतराजलाई पाँच मतले हराउँदै कार्की सचिवमा निर्वाचित भएका हुन । कार्कीले १७९ मत प्राप्त गरे भने गहतराजले १७४ मत प्राप्त गरे । यस्तै अर्का प्रतिस्प्रर्धी भेषराज पाण्डेले १६३ मत ल्याए ।

उपसचिवमा अर्जुन केसी १३१ मत सहित विजयी भए प्रतिष्पर्धी विकास आचार्यले ६१, तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ मतमा चित्त बुझाए ।

नेकपा एमाले अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रहेका भुसालको बाहेक अन्यको उक्त पदमा दाबी नरहेपछि उनी सर्वसम्मत अध्यक्ष भएका हुन् । यसअघि अध्यक्ष पदमा आकांक्षा देखाएका जिवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेर उम्मेदवारी नदिने सहमति जनाएपछि भुसाललाई अध्यक्ष हुन सहज बनेको थियो ।

नेकपा एमाले बाँकेको आठौं अधिवेशनबाट किस्मत कुमार कक्षपति अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदका दाबेदार डिल्लि बिसिउपाध्यक्ष र अर्का अध्यक्ष पदका दाबेदार रत्न खत्री सचिवमा सर्वसम्मत चयन भएका हुन ।

उपसचिवमा दिपक वर्मा र भुमिसरा धिताल चयन भएका छन् । १२० जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको एमाले बाँकेले जनाएको छ ।

नेकपा एमालेको बर्दिया जिल्ला कमिटी पनि सर्वसम्मत चयन भएको छ । जिल्ला अध्यक्षमा लालबहादुर श्रेष्ठ चयन भएका छन् । अध्यक्षमा निर्वाचित श्रेष्ठ जिल्लाको बढैयाताल गाउँपालिका अध्यक्ष पनि हुन् ।

यस्तै उपाध्यक्षमा शालिकराम अधिकारी सर्वसम्मत चयन भएका छन् । ११६ सदस्यीय कमिटीको सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन भएका छन् ।

नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपाली निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला सदरमुकाम तम्घासमा भएको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा काउछा र सचिवमा श्रीपालीको मात्रै उम्मेदवारी परेकाले र्निविरोध भएका हुन् । शुक्रबार सुरु भएको जिल्ला अधिबेशनमा अध्यक्ष र सचिव पदमा बाहेक अरु पदमा धेरै प्रतिस्पर्धीहरुले उम्मेदवारी दिएका छन् । अधिवेशनबाट आगामी तीन वर्षका लागि १०५ सदस्यीय जिल्ला समिति चयन हुनेछ ।

त्यस्तै एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दीपेन्द्र कार्की निर्वाचित भएका छन् । राति सकिएको मतगणनाको परिणाम अनुसार अधिकारी २३२ मत ल्याइ विजयी भएका हुन् । उनका प्रतिष्पर्धी थानप्रसाद गैरेले १८५ मत ल्याए । त्यस्तै उपाध्यक्षमा डोलराज भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवद्वयमा राजनकुमार आचार्य र रिंगला यादव निर्वाचित भएका छन् । एमालेको प्यूठान जिल्लामा भने नेतृत्व चयन आइतबार टुंगिने भएको छ ।

रुकुम पूर्व हिमाली जिल्ला भएकाले पछि मात्र अधिवेशन हुने छ भने रोल्पामा एमाले जिल्ला सचिवको निधन भएकाले अधिवेशन स्थगित गरिएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : २२ बजे

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

धरौटीमा रिहा गर्ने आदेश भएको एक सातापछि दिपेश पुन धरौटी बुझाएर रिहा

बुटवल । सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा

अवैध डेढ केजी बढी सुन र डेढ करोड रकम सहित सात जना पक्राउ

काठमाडौं ।अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२४ स्थितबाट