७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

एमाले अछामको बन्दसत्र आइतबार बिहान ९ बजेसम्मका लागि स्थगित



अछाम । नेकपा एमाले अछामको आठौं अधिवेशनको बन्दसत्र भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ । बन्दसत्रमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बन्दसत्रबाट पारित गर्दै भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आयोजक कमिटी लगायत अधिवेशनमा जिल्ला भरिबाट ७ सय २९ जना प्रतिनिधि भएकाले मौसमको प्रतिकूलता तथा नयाँ नेतृत्व सर्वसम्मत चयनका लागि छलफल हुने भएकाले भोलि सम्म स्थगित गरिएको अध्यक्ष मण्डलमा अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बहादुर बोहराले बताए ।

अछामको पदाधिकारीसहित १ सय ५ सदस्यीय बन्ने जिल्ला कमिटीका लागि निर्वाचन कलष्टर अनुसारको दायरासमेत सार्वजनिक गरिएको छ । जसमा एक अध्यक्ष, उपाध्यक्ष, सचिव, एक महिला र पुरुष गरी दुई उपसचिव, दलितबाट प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ बाट चार, २ बाट चार गरी आठ जना, एक अल्पसंख्यक, एक जनजाति, एक फरक क्षमता गरी ११ जना आरक्षण कोटाबाट जिल्ला कमिटी सदस्य हुन पाउने भएका छन् ।

त्यसैगरि जिल्ला भरी खुल्ला सदस्य २७ पुरुष, १२ महिला गरी ३९, भूगोलतर्फबाट मंगलसेन नगरपालिका र साँफेबगर नगरपालिकामा दुईरदुई महिला र पाँचरपाँच जना पुरुष गरी १४ जना, पन्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपालिकामा दुईरदुई महिला र चाररचार पुरुष गरी १२ जना, बान्निगढि जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, तुर्माखाद गाउँपालिका, ढकारी गाउँपालिकाबाट एकरएक महिला र तीनरतीन पुरुष गरी २४ जना जिल्ला कमिटी सदस्य हुन पाउने भएका अध्यक्ष मण्डलका सदस्य कृष्णप्रसाद जैसीले बताए ।

अध्यक्षका लागि सर्वसम्मत भएमा नेता कृष्णप्रसाद जैसी अघि बढेका छन् भने निर्वाचन हुने अवस्थामा नेता चन्द्र बोहरा र प्रकाश शाह अघि बढेका छन् । निर्वाचन मण्डलका संयोजक कृष्ण प्रसाद ढुगांनाका अनुसार भोलि बिहान ९ बजेसम्म निर्वाचनको कुनै कार्यतालिका नभई मतदाता नामावली रुजुसहित सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ७ : ५७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल