५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

बाघले तीन महिनामा चार जनाको ज्यान लियो, नियन्त्रणमा नआउँदा स्थानीय त्रसित



बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ ।

बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ । राप्तीसोनारी-६ फत्तेपुर निवासी लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिए । बाघको शृङ्खलाबद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय अहिले निकै त्रसितमा छन् ।

बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी-६ फत्तेपुरकी २९ वर्षीया चादनी थारु र बिहीबार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको मृत्यु भएको थियो । बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी-१ गाभर र नरैनापुरमा एक/एक जनाको मृत्यु भएको थियो ।

बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत तीन दिनदेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतङ्क मच्चाइरहेको स्थान राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।

राप्तीसोनारी-५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा सर्वसाधारणमा त्रास फैलिएको बताए । अधिकांश जनता कृषि पेसामा आबद्ध रहेकाले वन, जङ्गलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ ।

राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बाघलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर जनतालाई त्रासबाट मुक्त गर्न आफूले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ५८ बजे

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेदवार खत्री

देवदह । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्रनम्बर-१ मा नेपाली

रुपन्देहीमा उन्नत गहुँ खेतीसम्बन्धी एकहप्ते तालिम, नयाँ जात र प्रविधिमा किसानलाई प्रशिक्षण

रुपन्देही । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत उन्नत गहुँ खेती

काठमाडौं-६ : मतदाता भन्छन् – ‘गरिखाने वातावरण देऊ’

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति जतिजति नजिक हुँदै

बुर्तिबाङ-ढोरपाटन सडक निर्माण धमाधम

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक