७ आश्विन २०८३, बुधबार | September 23, 2026

एकैदिन १४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

आठ हजार ९६५ जनाको पीसीआर र दुई हजार ४६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा २५५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ४८५ पुगेको छ । निको हुनेदर ९७ दशमलव सात प्रतिशत छ ।

नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा आठ लाख ३३ हजार ९४६ र एन्टीजेन विधिबाट परीक्षण गर्दा ९७ हजार ५०४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ३७ हजार ५८९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६० हजार ८४३ पुगेको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख १० हजार ५९४ छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ८५५ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०६ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । हाल भेन्टिलेटरमा १६, आइसियूमा ६७, होम आइसोलेशनमा सात हजार २४५, संस्थागत आइसोलेशनमा ६१० र क्वारेन्टिनमा ११३ सङ्क्रमित छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् । सङ्क्रमित नरहेका जिल्लामा मुस्ताङ र र मुगु छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ६५५, ललितपुरमा नौ सय र भक्तपुरमा ६३३ सक्रिय कोरोना सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ६ : ३१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज