५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

कोरोना संक्रमणको रफ्तार द्रुत गतिमा बढ्दै, २४ घण्टामा २,४४४ जना संक्रमित थपिए



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनामा गरिएको परीक्षणमा यतिको संख्यामा संक्रमण थपिएको हो । १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जनामा र ४ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४६३ जनामा संक्रमण पुष्ति भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ। मन्त्रालयका अनुसार यसै अवधिमा ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेकोछ । जसमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा रहेका र ६५५ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको छ । यी मध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा आजसम्म कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ४ : ३६ बजे

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा