१३ श्रावण २०८३, बुधबार | July 30, 2026

पछिल्लो २४ घन्टामा थपिए ३५५३ कोरोना संक्रमित, १ जनाकाे मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साेहि अवधिमा एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४९८ र एन्टिजेन विधिबाट ४५८३ जनामा परिक्षण गर्दा ३ हजार ५५३ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ । यस्तै, आज थप २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१० छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ४ : ४३ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ