७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अमेरिकाले लगायो उत्तर कोरियामाथि थप प्रतिबन्ध



एजेन्सी । अमेरिकाले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाको व्यालिस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँच जना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो ।

उत्तर कोरियाले यसै साता मात्र दुई ओटा हाइपरसोनिक मिसाईल परीक्षण गरेको छ । उसले परीक्षण गरेका मिसाईल आवाजभन्दा पाँच गुणा चाँडो प्रहार हुने विज्ञहरुले बताउँदै आएका छन् ।

गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा व्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले राष्ट्रसंघको संकल्प प्रस्ताव विपरित वारम्बार आणविक हतियार परीक्षण गरेको भन्दै अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउदै आएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तरले आणविक परीक्षण गरेको भन्दै अमेरिकाले उसका कदमको विरोध गरेको छ । अमेरिकाले पछिल्लो पटक प्रतिबन्ध लगाएका व्यक्तिहरुमध्ये एक जना रसियामा रहेर उत्तर कोरियाका लागि आणविक हतियार ओसार पसार गर्ने कोरियाली रहेको अमेरिकाले दाबी गरेको छ ।

त्यस्तै, चार जना भने चीनमा रहेर उत्तरको आणविक गतिविधिलाई सहयोग गर्ने उत्तर कोरियाली रहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ५८ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा