५ पुस २०८२, शनिबार | December 20, 2025

प्रेस चौतारीद्वारा रुपन्देहीमा क्रियाशील पत्रकारलाई पुरस्कारको घोषणा



बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्ना सदस्य र निरन्तर पत्रकारितामा क्रियाशिल विभिन्न पत्रकारहरुको पुरस्कार दिने घोषणा गरेको छ ।

प्रेस चौतारी रुपन्देहीको सातौ अधिवेशनका अवसरमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । प्रेस चौतारीले प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीलाई अग्रज पत्रकारको रुपमा सम्मान गर्ने घोषणा गरेको छ । त्यस्तै सल्लाहकार डीआर घिमिरेलाई प्रेस चौतारी पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

त्यसैगरी निरन्तर पत्रकारितामा क्रियाशिल पत्रकारहरु बुटवलका दिनेश कुमार श्रेष्ठ, भैरहवाका शशि पन्थी, सैनामैना रुपन्देहीका टिका खरेल र विष्णु खत्रीलाई जनही १० हजारका दरले युवा पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने प्रेस चौतारी रुपन्देहीले जनाएको छ ।

त्यस्तै चौतारीले दुर्गा खनाल स्मृति पत्रकारिता पुरस्कारबाट तीनजना पत्रकारलाई पुरस्कार दिने घोषणा गरेको छ । पत्रकारहरु बुटवलका कृष्ण मल्ल, भैरहवाका अरुण ज्ञवाली र लुम्बिनीका विरेन्द्र मिश्रलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

त्यस्तै प्रेस चौतारीले संगठनका तदर्थ समितिका संयोजक बद्रिनाथ पाण्डे, पुर्व अध्यक्षहरु मोहन चापागाईं, शेरबहादुर केसी, भरत केसी, दिनेश पाण्डे र प्रदिप आचार्यलाई सम्मान गर्ने भएको छ ।

दिनेश पाण्डेको संयोजकत्वमा गठित मूल्यांकन समितिले पुरस्कार दिनेहरुको नाम छनोट गरेको हो । अहिले प्रेस चौतारी रुपन्देहीको अधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ । उदघाटन सत्रमा बोल्ने वक्ताहरुले व्यावसायिक पत्रकारिताको विकासमा प्रेस चौतारीले सबैभन्दा अग्रणी भूमिका खेलेको बताएका छन् ।

कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पत्रकारहरुको काँधमा चुनौती थपिएको भन्दै यो अवस्थामा प्रेस चौतारीको भूमिका बढेको बताए । पत्रकार महासंघमा गुमेको साख फर्काउने गरी प्रेस चौतारीले आफूलाई अगाडि बढाउनुपर्ने उनको सुझाव छ ।

प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसीले संगठनलाई बलियो र सशक्त बनाउनु नै आजको मुख्य चुनौती भएको भन्दै यस दिशातर्फ अगाडि बढ्ने गरी जिल्ला, प्रदेश र केन्द्रीय समिति अगाडि बढ्ने बताए ।

कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थी, जिल्ला सल्लाहकारहरु शेरबहादुर केसी, दिनेश पाण्डे, इन्दिरा अर्याल, जिल्ला अध्यक्ष अमृत गिरी, सचिव सम्झान शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कोभिड महामारीका कारण प्रेस चौतारीले जिल्ला अधिवेशन सीमित संख्यामा भौतिक उपस्थितिको साथमा भर्चुअल माध्यमबाट आयोजना गरेको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गरी आजै सकिने छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ३ : ५२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य