२३ जेष्ठ २०८०, मंगलबार | June 7, 2023

२४ घण्टामा ११ हजार ३५२ जनामा थपियो कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या नेपालमा हालसम्मकै सबैभन्दा धेरै हो । १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै ६ हजार २४३ जना रहेका छन् । । मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जनालाई संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि तीब्र गतिमा बढेको देखिएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३ जना मात्र कोरोना संक्रमणबाट मुक्त भएका छन् भने । यसै अवधिमा ४ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ४ : ३२ बजे

एमालेमा बुढा नेताहरुले आजीवन पद ओगट्न पाउने बाटो खुलाइयो

काठमाडौं । नेकपा एमालेले ७० वर्षे उमेरहद हटाउने भएको छ

रेशम चौधरी आममाफी प्रकरण : सर्वोच्चले दिएन उत्प्रेषणयुक्त परमादेश

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम

पुर्ख्यौली पेसा छोड्दैछन् गन्धर्व

दाङ । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु

कल बाइपास आरोपमा एक चिनियाँसहित दुई जना पक्राउ

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना चिनियाँसहित दुई