२८ आश्विन २०८३, बुधबार | October 14, 2026

२४ घण्टामा ११ हजार ३५२ जनामा थपियो कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या नेपालमा हालसम्मकै सबैभन्दा धेरै हो । १८ हजार ७८ नमुनाको पीसीआर टेष्ट गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन टेष्ट गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै ६ हजार २४३ जना रहेका छन् । । मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५७८ जनालाई संक्रमण पुष्टि भएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा सक्रिय संक्रमितको संख्या पनि तीब्र गतिमा बढेको देखिएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या ४७ हजार ९२९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३ जना मात्र कोरोना संक्रमणबाट मुक्त भएका छन् भने । यसै अवधिमा ४ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ४ : ३२ बजे

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

काठमाडौंमा लुकिछिपी बसिरहेका १० बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी

१३ प्रस्तावित राजदूतमध्ये १० जनाको नाम अनुमोदन, दुई अस्वीकृत, एकको होल्ड

काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित १३ जना राजदूतमध्ये १०

मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम पनि अस्वीकृत

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको नाम