३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बुटवलमा ईही तथा क्येटा पूजा सम्पन्न



बुटवल । नेवाः समुदायमा अनिवार्य मानिएको कन्याहरुको बेल विवाह (ईही यज्ञ)र कुमारहरुको ब्रतबन्ध – क्येटा पूजा) बुटवलमा सम्पन्न भएको छ । कोभिड संक्रमण बढेसंगै पुर्वनिर्धारिक कार्यक्रमलाई संकचन गर्दै स्वास्थ्य सावधानी अपनाएर दुबै पूजा सम्पन्न भएको हो ।

शुक्रबारबाट देबीनगर स्थित भुपुसैनिक सभा हलमा सुरु भएको ईही दुई दिन लगाएर आज सम्पन्न भएको छ भने कुमारहरुको क्येटा पुजा पनि आजै सम्पन्न भएको छ । नेवाः सेवा समितिको आयोजनामा सम्पन्न भएको ईही यज्ञका लागि काठमाडौंका नेवारी पंडित हरिशरण राजोपाध्यायबाट नेवारी संस्कृति अनुसार विधिपुर्वक पुजा सम्पन्न भएको समितिका अध्यक्ष तिरिन्जिवी श्रेष्ठले जानकारी दिए । ईही यज्ञसंगै नेवारी कुमारहरुको सामुहिक क्येटा पुजा(ब्रतबन्ध) भने श्रीराजोपाध्यायबाट गरिएको थियो ।

‘यो वर्ष ५१ जना कन्याको ईहि यज्ञ र २० जना बालकको ब्रतबन्ध सम्पन्न भएको छ ।’–अध्यक्ष श्रेष्ठले बताए । बिबाह उत्सवमै जस्तो नातेदार र आफन्तहरुलाई निम्ता गरेर भोज खुवाउने गरिएपनि कोरोना महामारीले बिकराल रुप दिँदै गएका कारण पुजालाई आवश्यक नाता बाहेकका अन्यलाई सहभागी नगराईएको उनले बताए । इही पुजामा कन्याका बुवा, आमा तथा फुपु र मामाको अनिवार्य उपस्थिती हुनुपर्ने नेवाः परम्परा रहँदै आएको छ ।

नेवारी भाषा र संस्कृति जगेर्ना गर्ने रुपमा आफुहरु लागेको संयोजक सीता ध्वजुले बताए । महिला समितिका उपाध्यक्ष सरस्वती श्रेष्ठ, सल्लाहकार मन्जु श्रेष्ठले नेवार समुदायमा कन्याको पहिलो बिबाहका रुपमा इही (बेलबिबाह)मा बैबाहिक रितीलाई पूर्णता दिइने बताए ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ४ : ४७ बजे

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी

इन्धन आपूर्ति संकटप्रति बुटवल उद्योग वाणिज्य संघको गम्भिर चिन्ता

बुटवल । मध्यपूर्व क्षेत्रमा जारी अन्तर्राष्ट्रिय द्वन्द्वका कारण विश्वव्यापी रूपमा