२८ आश्विन २०८३, बुधबार | October 14, 2026

निर्वाचन आयोगको पत्रपछि राप्रपाले बोलायो ‘पदाधिकारी’ बैठक



काठमाडौं । निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको बिद्यान संसोधनका लागि ७ दिनको समय सिमा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ ।

आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको बिद्यानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिए लगत्तै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो ।

‘निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक छलफल गर्न पदाधिकारी बैठक बोलाईएको छ, १ बजे पछि बस्ने बैठकले आवश्यक निर्णय लिनेछ’ केन्द्रिय सदस्य मोहन श्रेष्ठले भने ।

गत मंसिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दल सम्बन्धी ऐन बमोजिम गत १० पुसमा अद्यावधिक गर्नका लागि आयोगलाई महाधिवेसनवाट पारित नयाँ बिद्यान पठाएको थियो । तर, राप्रपाको नयाँ बिद्यानमा ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ उल्लेख भएको भन्दै मान्यता नदिने जनाएको छ ।

आयोगले राप्रपालाई पत्र लेख्दै ‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दू राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकोले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहोला’ भन्ने निर्देशन दिएको थियो । त्यसबारेमा छलफल गर्नका लागि राप्रपाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको हो ।

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ९ : ४८ बजे

दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने

काठमाडौं । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि ‘कन्तबिजोग’ खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको