१३ भदौ २०८३, शनिबार | August 29, 2026

नेपालमा थपिए १० हजार ३१९ नयाँ संक्रमित, ४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण भएको थियो । सोही अवधिमा निको हुनेको संख्या भने २५४० जना रहेको छ । आज थपिएसँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

आज सम्ममा देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : ३९ बजे

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी