१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका तीन जना नै विजयी



धनगढी । राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनमा गठनबन्धन समूहबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका दलित तर्फका उम्मेदवार जगत पार्की, गरिमा शाह र नारायणदत्त मिश्र निर्वाचित भएका हुन् । दलित तर्फ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्कीले १०५ मतभार ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले ७९ मतभार मात्र प्राप्त गरेका छन् । दलित तर्फका तीन मत बदर भएका थिए ।

यसैगरी महिला सदस्य तर्फ कैलालीकी गरिमा शाह विजयी भएकी छन् । नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएकी शाहले प्रदेशसभातर्फ एक हजार ८७२ मतभार र स्थानीय तहतर्फ एक हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ एक हजार १५२ मतभार प्राप्त गरेकी छन् । विजयी शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

यसैगरी राष्ट्रियसभाको खुला सदस्य तर्फ कैलालीका नारायणदत्त मिश्र विजयी भएका छन् । कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मिश्र १४३ मतभार ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मतभार प्राप्त गरेका छन् ।

यस्तै दुई मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए । मतदानमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिसहित २ सय २७ मतदाता सहभागी भएका भट्टले बताए । सुदूरपश्चिम राष्ट्रिय सभाको तीन सदस्यका लागि बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजे सम्पन्न भएको थियो ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  ५ : ३९ बजे

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक सहसचिव निर्मल ढकाल

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर