१४ भदौ २०८३, आइतबार | August 30, 2026

एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । बैठक आज दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

रिजालका अनुसार संयन्त्रमा विद्यार्थी, युवा, महिला लगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहेका छन् ।

‘स्थानीय निर्वाचन समयमै नगराउने आलटाल भइरहेको छ । एमाले यसको विरुद्धमा छ । यस विषयलाई जनसंगठनहरुले आआफ्नो ठाउबाट दबाव दिन पार्टी परिचालन गर्नेगरी निर्णय गर्नेछ, अर्को जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने कार्यक्रम छ’, रिजालले बताए ।

भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्षहरु सहभागी हुनेछन् । बैठकमा ५० जना भन्दा बढीको उपस्थिति रहनेछ ।

सरकारले २५ जना भन्दा बढीको संख्यामा भेला नहुन निर्देशन जारी गरेको भएपनि स्वास्थ्य मापदण्डको पालना गरेर बैठक बस्ने रिजालले बताए ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ३५ बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना