११ बैशाख २०८१, मंगलबार | April 23, 2024

आइतबारका लागि बोलाइएको संसद्‍ बैठक फेरि पनि स्थगित



काठमाडौं । माघ १६ गते आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पुनः स्थगित भएको छ । दोस्रो पटक पनि कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो ।

शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

पुस ७ गते यता प्रतिनिधिसभा बैठक बस्न सकेको छैन । सुरुमा माओवादी अधिवेन, त्यसपछि एकालेको बैठक र त्यस यता कोभिड १९ को कारण देखाउँदै बैठक स्थगित हुँदै आएको छ । पुस ७ अघि पनि एमालेको अवरोधका कारण बैठक लगातार अवरुद्ध हुँदै आएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  ९ : ०४ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको