२४ असार २०८३, बुधबार | July 8, 2026

आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध : प्रचण्ड



काठमाडौं । सत्ता गठबनधनका दलहरुले आज गरेको जेठ मसान्त भित्र स्थानीय तहको निर्वाचन गर्नेै सहमतिलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकतान्त्रिक मुल्य अनुरुपको प्रतिबद्धता भएको जनाएका छन् भने नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमतको दवावमा बाध्यभएर सत्ता गठबन्धनले गरेको निर्णयको संज्ञा दिएका छन् ।

गठबन्धनको बैठक लगत्तै सामाजिक सञ्जालमा भनाई पोष्ट गर्दै अध्यक्ष प्रचण्डले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मुल्य अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलिय गठबन्धन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

बैठकमा भएका छलफल पश्चात निर्णयहरु सार्वजनिक गर्दै उनले संविधानसँग बाझिएका निर्वाचन कानुन र ऎनलाई आवश्यक संशोधन गर्नको लागि सरकारलाई सुझाव दिने निर्णय भएको पनि जानकारी दिएका छन् ।

उता प्रचण्डको भनाई सार्वजनिक भएसँगै सञ्जालमा भनाई पोष्ट गर्दै एमाले महासचिव पोखरेलले सत्ता गठबनधनको स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘स्थानिय तहको निर्वाचन टार्ने प्रयास असफल भएपछि सत्ता गठवन्धनले भनेछ( ुजेठ अगावै चुनाव गर्नेु । हो, यसैलाई भनिन्छ जनमतको तागत ।’

 

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १० : २१ बजे

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौं । पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि

कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा प्रवेश

काठमाडौं । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

देशभर मनसुन सक्रिय, आज भारी वर्षा र हुरीबतासको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश