२४ असार २०८३, बुधबार | July 8, 2026

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

अग्निप्रसाद सापकोटालाई सभामुखबाट हटाए एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल एमाले सहमत रहेको भन्दै समाचार आएपछि सोमबार बालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री देउवासँग एमसीसीबारे छलफल गरेका हुन् ।

सो क्रममा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । ‘प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले एमसीसीका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने प्रस्ताव गरेका हुन्,’ बालुवाटार स्रोतले भन्यो ।

एमसीसी पारितका लागि सदनमा दर्ता भइसकेको छ । तर, हालसम्म टेबुल गरिएको छैन । अब बस्ने बैठकमा एमसीसीलाई टेबुल गर्ने बताइएका बेला नेताहरू छलफलमा जुटेका हुन् । गठबन्धन दलकै शीर्षनेताहरूबीच एमसीसीबारे फरक फरक धारणा सार्वजनिक हुँदै आएको छ ।

 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  २ : ११ बजे

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी । निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा

प्रधानमन्त्री बालेन्द्रले आज उद्योगी-व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बुधबार निजी क्षेत्रका प्रतिनिधिसँग

‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु

काठमाडौं । पटक-पटक विद्युत् अवरुद्ध (ट्रिपिङ)हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत

फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

ललितपुर । बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि