काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जना गरी कुल ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल देशभरमा ६३ हजार २८६ सक्रिय संक्रमित छन् । बिहीबार थप ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया