१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

२४ घण्टामा कोरोनाका २५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार ११ हजार ७३ जनाको परीक्षण गर्दा २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये ६ हजार ६५५ पिसिआर परीक्षणबाट १६०२ जनमा र ४ हजार ४१८ एन्टिजेन परीक्षणबाट ९२४ जनामा संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा ७४५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा मात्रै ५७०, ललितपुरमा १२० जना र भक्तपुरमा ५५ संंक्रमित थपिएका छन् ।

२४ घण्टाको बीचमा ८४२५ जना कोरोना संक्रमित निको भएका छन्। यही अवधिमा १६ जनाले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार आज देशभर कोरोनाका ५६ हजार ४५७ जना सक्रिय संक्रमित छन्।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ३ : ४२ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति