२८ असार २०८२, शनिबार | July 12, 2025

स्थानीय तह निर्वाचन अघि नै माओवादीले पदाधिकारीलगायतको जिम्मेवारी बाँडफाँड गरिसक्ने



काठमाडौं । महाधिवेसन सम्पन्न गरेको झन्डै दुई महिना पछि नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्न गृहकार्य सुरु गरेको छ । आगमी २७ माघमा बोलाईएको केन्द्रिय समिति बैठक अघि नै महासचिव लगायतका पदमा सर्वसम्मत गराउने गरी आन्तरिक गृहकार्य बढाएको हो ।

गत पुस ११-१९ मा सम्पन्न महाधिवेसनले २ सय ९९ मध्ये अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डससहित २ सय ३६ केन्द्रिय सदस्य चयन गरेर महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी चयन गर्न सकेको छैन । मुख्यतः महासचिवका दावेदार बर्षमान पुन उपचारका लागि चीनमा रहेका कारण पनि पदाधिकारी चयन नगरेको माओवादीले २७ माघमा केन्द्रिय समिति बैठक डाकेर पदाधिकारी चयन गर्न लागेको हो ।

माओवादीले गत महाधिवेसनवाट पारित गरेको बिद्यान अनुसार बरिष्ठ उपाध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव र बाँकी सचिव रहने गरी १५ सदस्सीय पदाधिकारी बनाउने छ ।

यसैगरी, बैठकले स्थायी समिति र पोलिटब्युरो र बाँकी रहेका खाली कोटामा केन्द्रिय सदस्य रहने गरी गृहकार्य गरेको हरिबोल गजुरेलले सञ्चारकर्मीलाई बताएका छन ।

उनका अनुसार स्थानिय तहको निर्वाचनमा लाग्नु पर्ने भएकाले आगमी केन्द्रिय समितिवाट नै बाँकी पदपुर्ति र समितिलाई पुर्णता दिने तयारीमा माओवादी केन्द्रले योजना बनाएको छ ।

निर्वाचन आयोगले ४ जेठ भित्रै स्थानिय तहको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक र कानुनी बाध्यता रहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराईसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सो बिषयमा सकारात्मक भए पनि गठबन्धन दलका अन्य नेता अन्यौलमा रहेका कारण अझै निर्वाचनको मिति तय हुन भने सकेको छैन ।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ८ : ५८ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली । टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

आर्थिक वृद्धिदरमा सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

अहिलेको सत्ता सहयात्रा चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन