२९ मंसिर २०८२, सोमबार | December 15, 2025

संसद्को गत्यावरोध हटाउन सभामुख सापकोटाको आग्रह



काठमाडौं । सङ्घीय संसद्मा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन् । सभामुखको कार्यकक्षमा आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले सो आग्रह गरेका हुन् र

संसद्मा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको भन्दै सभामुखले त्यसका लागि गम्भीर भएर लाग्न कानुन मन्त्री बडुलाई आग्रह गरेका हुन् । सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि बोलाइएको छ ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार संसद्को गत्यावरोध अन्त्य गर्ने विषयमा उनीहरुबीच छलफल भएको हो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सङ्घीय संसद्को बैठक लगातार अवरोध गरिरहेको छ ।

राष्ट्रिय महत्वका विविध विषयमा संसद्मा छलफल हुनुपर्नेमा त्यसो हुन नसक्दा जनप्रतिनिधिको थलो संसद्ले नियमित काम गर्न नपाएको भन्दै सभामुखले सहमतिका साथ सबै दल प्रस्तुत हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा पनि संसद्को गत्यावरोध अन्त्य गर्नेलगायतका विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ८ : ३२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष