काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको पछिल्लो विरणअनुसार आठ हजार ८८० पीसीआर परीक्षण गर्दा १ हजार १३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टाको बीचमा २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा १२ जनाको मृत्यु भएको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ ।



















प्रतिक्रिया