२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमालेले कारवाही गरेका १४ सांसदको मुद्दामा सुनुवाइ हुँदै



काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता खारेजी र उक्त पार्टीका १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक नेकपा एमालेका अध्यक्ष केपी ओली हुन् । उनले गत १७ भदौमा रिट दायर गरेका हुन् ।

९ भदौमा निर्वाचन आयोगले नेपाल नेतृत्वमा दल दर्ता गरेपछि ओली सर्वोच्च पुगेका हुन् । उनले रिटमार्फत् एकीकृत समाजवादी पार्टीको दर्ता खारेजी गर्न माग गरेका छन् । एमालेले कारबाही गरेका सांसदहरूलाई पनि पदमुक्त गर्नुपर्ने उनको माग छ । रिटमा निर्वाचन आयोग विपक्षी रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : ५३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती