८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

यस्तो छ संविधानमा महाअभियोग लगाई प्रधानन्यायाधीश हटाउने आधार



काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर आज प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा विरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

तीन दलका ९८ जना सांसदले महाभियोग दर्ता गरेका हुन् । महाअभियोग दर्तासँगै प्रधानन्यायाधीस जबरा निलम्बनमा परेका छन् ।

नेपालको संविधान, २०७२ को धारा १०१ को उपधारा २ मा प्रधानन्यायाधीस विरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने व्यवस्था गरिएको छ ।

धारा १०१ को उपधारा २ मा प्रधानन्यायधीस माथि महाअभियोग लगाउन सकिने पाँच वटा आधार प्रस्तुत गरिएको छ ।

संविधान अनुसार प्रधानन्यायाधीसमाथि महाअभियोग लगाउन सकिने पहिलो आधार हो– संविधान र कानूनको गम्भीर उल्लंघन गरेमा ।

दोस्रो कारण हो– कार्यक्षमताको अभवा । तेस्रो कारणमा रहेको छ– खराब आचरण । इमान्दारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालना नगर्नु– महाभियोग लगाउन सकिने चौथौं आधार हो ।

प्रधानन्यायाधीस माथि महाअभियोग लगाउन सकिने पाँचौं आधार हो– आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्नु ।

‘यो संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमताको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्यको पालन नगरेको वा आचार संहिताको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संस्याको एक चौथाई सदस्यले नेपालको प्रधानन्यायाधीस वा सर्वोच्च अदालतका न्यायाधीस, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन्,’ संविधानको धारा १०१ को उपधारा २ मा लेखिएको छ ।

यस्तो प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने व्यवस्था संविधानमा छ ।

महाअभियोग दर्ता भएपछि कुनै व्यक्तिको विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए नभएको छानबीन गरी सिफारिस गर्ने प्रयोजनका लागि प्रतिनिधिसभामा एक महाभियोग सिफारिस समिति हुनुपर्ने संविधानमा उल्लेख छ । यो समितिमा प्रतिनिधिसभाका ११ जना जना सदस्य रहने व्यवस्था संविधानमा गरिएको छ ।

महाअभियोग लागेको व्यक्तिमाथि लागेको आरोप निराधार रहेको भन्दै प्रतिनिधिसभाका कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गरेमा समितिले त्यस्तो उजुरीमाथी संघीय कानून बमोजिम छानबिन गरी माहाभियोग सम्बन्धी कारबाहीका लागि प्रतिनिधिसभा समक्ष सिफारिस गरेमा महाभियोग प्रस्ताव पेश हुन सक्नेछ ।

महाअभियोग लागेपछि सम्बन्धित व्यक्तिले कारबाहीको अन्तिम टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन । महाभियोगको आरोप लागेको व्यक्तिलाई सफाइ पेश गर्ने मनासिब मौका पनि दिइनेछ ।

पहाभियोग प्रस्ताव पारित भई पदमुक्त भएमा प्रधानन्यायाधीसले पदमा रहँदा कुनै कसूर गरेको भए त्यस्तो कसूरमा संघीय कानून बमोजिम कारबाही गर्न सकिने व्यवस्था संविधानमा गरिएको छ ।

‘महाअभियोगको प्रस्ताव पारित भई पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन सक्ने छैन,’ संविधानको धारा १०१ को उपधारा ९ मा उल्लेख छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १२ : ३९ बजे

एमालेको झण्डा जलाउनेमाथि कारबाही नभए प्रतिवादमा उक्रने नेसनल भोलिन्टियर फोर्सको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट नेसनल भोलिन्टियर फोर्सले पार्टीको

सशस्त्र प्रहरी हेडक्वार्टरबाट निर्वाचनमा खटिए एक हजार ६००भन्दा बढी जनशक्ति

काठमाडौ । सशस्त्र प्रहरी बल हेडक्वार्टरबाट निर्वाचन सुरक्षार्थ एक हजार

रुपन्देही-४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

रुपन्देही । “मर्चवार आउने सडकको अवस्था राम्रो छैन, यहाँको मुख्य

निर्वाचनलाई स्वच्छ बनाउन आचारसंहिताको पालना अनिवार्य

विराटनगर । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । आज स्थानीय बजारमा बिहीबारको तुलनामा सुनको मूल्य स्थिर