१४ बैशाख २०८३, सोमबार | April 28, 2026

माओवादी केन्द्रीय समिति ८ फागुनबाट, पदाधिकारीलगायत जिम्मेवारी बाँडफाँट हुने



काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ८ फागुनबाट सुरु हुने भएको छ ।

गत आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक ८–९ फागुनका लागि काठमाडौंमा बोलाइएको हो ।

उक्त बैठकमा समसमायिक राजनीतिक विषयदेखि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसहित विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूची राखिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

गत २८ माघका लागि बोलाइएको बैठक स्थगित भएको १० दिन पछि माओवादीले केन्द्रीय समिति बैठक डाकिएको हो ।

गत मंसिर दोस्रो साता सम्पन्न महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको भए पनि अन्य नेताको जिम्मेवारी अझै बाँडफाँट हुन सकेको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १२ : ०३ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११