२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माओवादी केन्द्रीय समिति ८ फागुनबाट, पदाधिकारीलगायत जिम्मेवारी बाँडफाँट हुने



काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ८ फागुनबाट सुरु हुने भएको छ ।

गत आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक ८–९ फागुनका लागि काठमाडौंमा बोलाइएको हो ।

उक्त बैठकमा समसमायिक राजनीतिक विषयदेखि नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोसहित विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने कार्यसूची राखिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

गत २८ माघका लागि बोलाइएको बैठक स्थगित भएको १० दिन पछि माओवादीले केन्द्रीय समिति बैठक डाकिएको हो ।

गत मंसिर दोस्रो साता सम्पन्न महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको भए पनि अन्य नेताको जिम्मेवारी अझै बाँडफाँट हुन सकेको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १२ : ०३ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ