काठमाडौं । सत्तारुढ नेकपा (माओवादी) केन्द्र संसदीय दलको बैठक सुरु भएको छ । बिहान ८ बजका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बैठक बोलाइएको भएपनि २ भण्टा ढिला गरि बैठक सुरु भएको हो ।
आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक आह्वान भएको छ । सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।
माओवादीका जनवर्गीय संगठन अहिलेको अवस्थामा एमसीसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन् । सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन् ।आजको संसदमा एमसीसी टेबल हुने सम्भावनाबीच माओवादीको संसदीय दलको बैठक बसेको हो ।
माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।



















प्रतिक्रिया