काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्ने भएको छ ।
बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता संसद बैठकमा पेश गर्ने कार्यसूची तय गर्ने उद्देश्यले कार्यव्यवस्थाको बैठक बोलाउन हिजो सभामुख सापकोटालाई आग्रह गरेका थिए ।
एमालेले आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सूचना नटाँसेको भन्दै सभामुखले बोलाएका सबै बैठक बहिस्कार गर्दै आएको छ ।
एमालेले आज दिउँसो बस्ने संसद बैठक पनि विगतमा जस्तै अवरुद्ध गर्ने घोषणा गरिसकेको छ ।



















प्रतिक्रिया