४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँके जिल्ला लिग र अधिवेशनको मिति घोषणा, अध्यक्षमा ३ जनाको दाबी



नेपालगन्ज । बाँके जिल्ला फुटबल संघले चुनावी साधारण सभा र जिल्ला लिग फुटबल गर्ने निर्णय गरेको छ । बुधबार बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षमा बसेको बैठकले फागुन २१ गते नयाँ नेतृत्व चयन गर्ने गरी चुनावी साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभामा बाँके जिल्लाका १२ वटा क्लबका प्रतिनिधि तथा फुटबल कर्मीले चुनावी साधारण सभामा भाग लिनेछन् । यसैगरी कार्यसमिति बैठकले जिल्ला लिग फुटबल फागुन १४ गतेदेखी गर्ने निर्णय गरेको छ । जिल्ला लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बुधबार बसेको बैठकले जिल्ला लिग फुटबल र चुनाव गर्ने निर्णय गरेको बताए । उनले भने, ‘जिल्ला लिग फुटबल र चुनावी साधारण सभा हाम्रो संघका लागि महत्वुर्ण कुरा हुन । यसअघि कोभिडको कारण यी कुराहरु गर्न सकिएको थियो । अवस्था सहज भएपछि हामीले गर्ने निर्णय गरेका हौं । यसले बाँकेको फुटबललाई गतिशिल बनाउन सहयोग गर्ने हाम्रो विश्वास छ ।’

को होला नयाँ अध्यक्ष ?

बाँके जिल्ला फुटवल संघको नेतृत्वका लागि तीन जना चर्चामा रहेका छन् । हालका अध्यक्ष भोजराज शाही, एन्फा लुम्बिनी प्रदेशका उपाध्यक्ष सूर्यमणि अधिकारी र घनश्याम थापाले संघको अध्यक्षमा दाबी रहेको बताइएको छ ।

संघको १६ सदस्यीय कार्य समिति चयन हुने छ । १२ जना निर्वाचित हुन्छन् भने चार जना मनोनित गर्ने बिधानमा व्यवस्था छ । बिधान अनुसार अध्यक्ष, तीन जना उपाध्यक्ष र अरु सदस्य निर्वाचित हुन्छन् भने सदस्यमध्येबाट महासचिव, कोषाध्यक्ष मनोनित गरिन्छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : ५८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा